के गल्ती ?, माओत्सेले सोफी र अनुपको गल्ती केलाउँदै (भिडियोसहित)

के गल्ती ?, माओत्सेले सोफी र अनुपको गल्ती केलाउँदै (भिडियोसहित)

k galtii

कुशल अभिनेता/निर्देशक माओत्से गुरुङको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मनोज बास्तोला र अनिल विश्वकर्माको स्वरमा रहेको गीत ‘के गल्ती’ को म्युजिक भिडियो औपचारिक लञ्च गरिएको हो ।

नवकलाकार अनुप अधिकारी र पोखराकी उदयीमान मोडल सोफी धरेललाई फिचरिङ गरिएको भिडियो पोखरामै छायाँकन गरिएको छ । क्रेजी प्रडक्शनले माओत्से गुरुङ फिल्मसको सहयोगमा भिडियो निर्माण गरेको हो । गीतको संगीत र शब्द मनोज बास्तोला र सुबिन सेञ्चुरीको रहेको छ ।

कमल गुरुङले निर्देशक माओत्से र भगत गुरुङले छायाँकार खिमबहादुर गुरुङलाई साथ दिएका छन् । प्रडक्शन म्यानेजर डिबि गुरुङ रहेका छन् । उनलाई अशिम सुवेदीको साथ छ । सबिन गायकले प्रचार डिजाइनमा सहयोग गरेका छन् ।

भिडियोको निर्मात्री जुना अधिकारी हुन् । उनी मोडल अनुपकी आमा हुन् । अनुपले क्रेजी स्टुडियो एण्ड म्यूजिक स्कूल सञ्चालन गरेका छन् । कलाकारितामा उनको हुटहुटीले एकदिन सफल बनाउनेमा अनुप आशावादी छन् ।

सोफी पछिल्लो समय पोखराकी पहिलो रोजाईकी मोडल पनि हुन् । एक महिनामै उनका लगातार ४ वटा म्यूजिक भिडियो सार्वजनिक भएका छन् । ‘अन्तिम माया’, ‘चिउरा मिठो’, ‘तिमी मेरो माया हौ’ पछि ‘के गल्ती ?’ भिडियो सार्वजनिक भएको छ । नेपाली मोडलिङ क्षेत्रमा उनको आगमन आशलाग्दो देखिएको छ । सबैसँग मिलनसार र आदरभाव गुणले पनि उनलाई सफल बनाउनेमा दुविधा छैन ।

औपचारिक समारोहका साथ भिडियो लञ्च

मोडल अनुपले आज एक समारोहका बीच आमा जुना अधिकारीकै हातबाट उक्त भिडियो लञ्च गराए । जुनाले आफ्ना छोराको पढाई भन्दा पनि ठूलो कलाकारितामा शौख रहेकाले आफूले सहयोग गरेको बताईन् ।

सो अवसरमा निर्देशक माओत्से गुरुङले नयाँ उत्साहित टीमसँग काम गर्न पाउँदा खुशी लागेको बताए । कलाकारितामै केही गर्छु भन्ने युवाले गरेको आग्रहलाई आफूले नकार्न नसकेको भन्दै उनले सक्दो प्रयास गरेको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भिडियो समग्रमा राम्रो रहेको बताउँदै केहि टिप्पणी गरे । मोडल सोफी धरेलले ४ मिनेटको भिडियो बनाउन ३ दिन लागेको स्मरण गर्दै अग्रज निर्देशक र सहयोगी टीममा एकदमै रमाईलो वातावरणमा काम गर्न पाएकोमा खुशी प्रकट गरिन् ।

मोडल अनुपले आफूहरुको कामलाई माया गरिदिन आग्रह गरे । औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रकाश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ