मनाङ जाँदै गरेको ट्रक दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

मनाङ जाँदै गरेको ट्रक दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

lamjung acc

मनाङमा आज अपरान्ह भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

अपरान्ह ४ बजेतिर मनाङको नासों गाँउपालिका–२ खोत्रो स्थित बेसिशहर चामे सडक खण्डमा बेसिशहरबाट मनाङतर्फ जाँदै गरेको ध १ ख ५९२ नं.को ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएकोे थियो ।

सो टुर्घटनामा परी नासो गाँउपालिका–४ बस्ने ३५ वर्षीया मनिषा गुरुङ, अन्दाजी वर्ष ६-७ का लिउन गुरुङ र ३६ वर्षीया जलकासी गुरुङको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

घटनामा ट्रक चालक र सहचालक सहित अन्य पाँच जना घाईते भई उपचारको लागि लमजुङ तर्फ पठाईएको र घटनास्थलमा प्रहरी टोलि खटिई उद्दार तथा घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ