भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भयो।
आयात–निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो। अझै प्याज, लसुन र आलुको बियाँ ९बीउ० आयातको तथ्यांक यसमा समेटिएको छैन। यी कृषिउपजबाट बनाइने विभिन्न प्रकारका खाद्य पदार्थको तथ्यांक पनि यसमा छैन।
सामान्य कृषि उपजसमेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यांकले देखाउँछ। कृषि विज्ञ डा। कृष्णप्रसाद पौडेल यसलाई डरलाग्दो अवस्था मान्छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार स्वदेशमा आलु ३ हजार २ सय २५ टन, लसुन ७३ हजार ८ सय ५९ टन र प्याज १ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुन्छ। मुलुकलाई यस्ता उत्पादनमा आत्मनिर्भर बनाएर वैदेशिक व्यापारघाटा न्यून गर्ने नीति सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन। यसबाट नेपालीले आयातित वस्तुको भरमा भान्छा चलाउँदै आएका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ