पोखरा – बुधबार कास्कीका २३ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका २८६ जनामा गरिएको परीक्षणमा थप ३६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज कास्कीका २०४ जनाको परीक्षणमा पोखरा महानगरका विभिन्न वडाका महिला पुरुष गरी २१ जना, कास्कीको माछापुछ्रे गाउँपालिका -४ का १ जना र रुपा गाउँपालिका -५ का १ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै म्याग्दीका ७६ जनामा गारिएको परीक्षणमा अन्नपूर्ण गाउँपालिका -४ का मात्रै ११ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको छ ।
यता पर्वत जिल्लाका ६ जनामा गरिएको परीक्षणमा मोदी गाउँपालिका -७ का १ पुरुषमा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका ३६ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५ सय ९७ पुगेको छ, जसमा ३३५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५७ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु