नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् ।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्। यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।
पहिलो चरणमा वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरुमाथि स्पष्टीकरणमार्फत कारबाही गर्ने गृहकार्य शुरू भएको ओली निकट एक नेताले बताए । उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने नेताहरुमाथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि बढाउँछ । ती नेताले भने– ‘पार्टी अब अलमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम कारबाही शुरु हुन्छ ।
नेपाल पक्षले भने ओलीले गरेको कारबाहीबाट नडराउने बताउँदै देशभर समानान्तर कमिटी गठनलाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ । राष्ट्रिय कार्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ । नेपाल समूहका नेता ठाकुर गैरेले अध्यक्ष ओलीको कारबाहीको धम्कीबाट नडराउने बताउँदै देशव्यापी राष्ट्रिय अभियान लिएर जाने बताए । उनले भने– ‘ओली प्रवृत्तिको स्वेच्छाचारी र अवसरवादको विरुद्ध राष्ट्रिय अभियान लिएर जान्छौँ ।’
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’