आहा–रारा गोल्ड कपको १९ औं संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । ।
पोखरा रंगशालामा आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन । खेल आज दिउँसो २ः३० बजे शुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
आयोजकले हालसम्म प्रतियोगितामा ३५ खेल खेलेको छ । जसमा २२ खेलमा जित निकाल्दा १३ खेलमा पराजित भएको छ । सहाराले बि.स २०७० मा उपाधि जितेको थियो । त्यस्तै २०६९ र २०७३ मा उपविजेता बनेको थियो । एपीएफले आहा रारामा २२ खेल खेलेको छ । जसमा ८ खेल जित्दा १४ खेल गुमाएको छ । एपीएफ बि.स २०६४ सालको उपविजेता टिम हो । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी भएका छन ।
प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार रुपैयाँ तथा उप–विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो