आहा ! रारा गोल्डकपः घरेलु मैदानमा आयोजक स्तब्द, एपीएफ सेमिफाइनलमा

आहा ! रारा गोल्डकपः घरेलु मैदानमा आयोजक स्तब्द, एपीएफ सेमिफाइनलमा

apf club football

सशस्त्र प्रहरीको एपीएफ क्लब १९ औँ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफको लागि आशिष लामाले गोल गरे । उनले खेलको ८७ औँ मिनेटमा गोल गरेका थिए ।

दोश्रो खेलमा भोलि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन खेल्नेछन् । तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने आयोजकले जनाएको छ ।

प्रतियोेगितामा एक विदेशीसहित आठ टीम सहभागी छन् । प्रतियोगिताको विजेता टीमले १० लाख एक हजार तथा उपविजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ