भारतमा कोरोना संक्रमण बढ्दो- एकै दिन थपिए ९२ हजार संक्रमित, ५४० संक्रमितको मृत्यु

भारतमा कोरोना संक्रमण बढ्दो- एकै दिन थपिए ९२ हजार संक्रमित, ५४० संक्रमितको मृत्यु

Corona

भारतमा कोरोना भाइरस संक्रमित दर दिनहुँ बढ्दो छ। पछिल्लो २४ घण्टामा ९२ हजार ९०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन ८९ हजार १९ जनामा संक्रमण देखिएको थियो।

यस्तै‚ पछिल्लो २४ घण्टामा भारतमा ५४० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ सोही अवधिमा विश्वमै सबैभन्दा बढी ब्राजिलमा १ हजार ९३१ जना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ ४१ हजार नयाँ संक्रमित पहिचान भएको छ।

अमेरिकामा थप ६४ हजारमा कोरोना संक्रमण पुष्टि हुँदा ७९० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पोल्यण्डमा ५७१, रुसमा ३८४, इटलीमा ३७६, टर्कीमा १८६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा टर्कीमा ४४ हजार ७५६, इटलीमा २१ जना संक्रमित भेटिएका छन्। योसहित गरी विश्वभर एकै दिन ५ लाख २३ हजार संक्रमित थपिएका छन्।

विश्वमा कुल संक्रमितको संख्या १३ करोड १३ लाख २७ हजार ८३३ पुगेको छ। १० करोड ५७ लाख १७ हजार ३१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। २८ लाख ५८ हजार २३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ