आहा ! रारा गोल्डकप : मच्छिन्द्रलाई पराजित गर्दै अफ्रिकन रुट्स सेमिफाइनलमा

आहा ! रारा गोल्डकप : मच्छिन्द्रलाई पराजित गर्दै अफ्रिकन रुट्स सेमिफाइनलमा

19th aaha rara

पोखरामा जारी १९ औ संस्करणको आहा ! रारा गोल्डकप फुटबलमा अफ्रिकन रुट एसोसियसनद्वारा मछिन्द्र फुटबल क्लब पराजित भएको छ।

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो । जीतसँगै अफ्रिकन रुट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

अफ्रिकनलाई जीत दिलाउन मौसा र एनजिमीले एक एक गोल गर । मछिन्द्रका अभिषेक रिजालले एक गोल फर्काए। क्यामरुनी खेलाडीले भरिएको अफ्रिकनले २३ औं मिनेटमा मौसाको गोलबाट अग्रता बनाएको थियो ।

उनले डि–बक्स भित्र पाएको अवसरलाई सहजै गोलमा परिणत गरे। खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले गोल गर्दै टिमको अग्रता २–० को बनाए।

खेलको इन्जुरी समयमा अभिषेकले एक गोल गरेपनि मछिन्द्र २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सुनिल बलको पासमा रिजालले पोस्टको दिशा दिएका थिए।

शनिबार भएको पहिलो खेलमा जीत निकाल्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । अब सोमबार हुने तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन्।

अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ