एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहरले अत्यन्तै प्रभावित बनाएको छ । भारतमा पहिलोपटक एकैदिन १ लाख बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ७९३ संक्रमित थपिएका छन् । यसरी एकैदिन थपिएका संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो । यस्तै २४ घण्टाकै अवधिमा यसको संक्रमणबाट ४७७ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ । यस्तै १ लाख ६५ हजार १३२ जनाले ज्यान गुमाएका छन् ।
१ करोड १६ लाख ७९ हजार ९५८ संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ७ लाख ४२ हजार ८३० पुगेको छ ।
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए

प्रतिक्रिया