आहा ! रारा गोल्डकप : साविक विजेता मनाङ मर्स्याङ्दी पहिलो चरणबाटै बाहिरियो, संकटाको सघर्षपूर्ण जीत

आहा ! रारा गोल्डकप : साविक विजेता मनाङ मर्स्याङ्दी पहिलो चरणबाटै बाहिरियो, संकटाको सघर्षपूर्ण जीत

19th aaha rara gold cup manang vs sankata

PIC : GOALNEPAL.COM

पोखरामा जारी १९ औं संस्करणको प्रतियोगिता अन्तर्गत संकटा क्लबसंग पराजित हुँदै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।

सोमबार भएको खेलमा संकटाले मनाङलाई १-० ले पराजित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा संकटालाई जिताउन विदेशी खेलाडी फोफो माले निर्णायक गोल गरे ।  उनले खेलको ४४ औं मिनेटमा गरेको गोल नै संकटालाई जिताउन पर्याप्त बन्यो ।

प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् । यसअघि नै विभागीय टोली एपीएफ क्लब र अफ्रिकन रुट एसोसिएसन सेमिफाइनलमा पुगिसकेका छन् ।

सहारा क्लबको आयोजना भइरहेको प्रतियोगितामा कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ