नेपालमा थप २६० जनामा कोरोना पुष्टि

नेपालमा थप २६० जनामा कोरोना पुष्टि

Corona

पछिल्लो २४ घण्टामा २ सय ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण भएकोमा २ सय ६० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १ सय १३ जना निको भएका छने भने कोही संक्रमितको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

जसमध्ये २ लाख ७३ हजार ४ सय ५५ जना निको भएका छन् भने ३ हजार ३६ जनाको मृत्यु भएको छ । आज काठमाडौंमा १०८, भक्तपुरमा ८ र ललितपुरमा ३३ जना गरी काठमाडौं उपत्यकामा १ सय ४९ संक्रमित थपिएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १९ सय ७९ रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ