भारतको महाराष्ट्र प्रदेशस्थित नान्देडमा २० वर्षीया युवतीले हत्या गरिएका प्रेमीको शवसँग विवाह गरेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना नान्देडको इतवारा क्षेत्रको हो। जहाँ आँचल नामकी युवतीले फरक जातका २२ वर्षीय सक्षम टेटे नामका युवकसँग प्रेम गर्थिन्।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न चाहन्थे, तर सक्षम फरक जातका भएकाले आँचलको परिवारले यो सम्बन्धलाई अस्वीकार गर्यो। परिवारले आँचललाई उनीबाट अलग हुन दबाब दिइरहेको थियो।

यसैबीच जब आँचलले उनीसँग विवाह गर्न लागेको चाल पाए तब उनका दाजुभाइ र बुबाले बिहीबार टेटलाई भेटघाटका लागि भन्दै बोलाएर पहिले कुटपिट गरे, त्यसपछि टाउकोमा गोली हाने र अन्त्यमा टाउको ढुंगाले किच्दै मारे।
यसपछि सक्षम टेटेको अन्तिम संस्कार गर्ने प्रक्रिया चलिहरकाे बेला आँचल उनको घर पुगिन्।
उनले सक्षमको शरीरमा हल्दी लगाइन्, अनि उनको हातमार्फत आफ्नो निधारमा सिन्दूर लगाइन् र प्रेमीको मृत शरीरसँग विवाह गरेको घोषणा गरिन्। त्यसपछि उनले आफ्नो बाँकी जीवन उनकै घरमा उनकी श्रीमतीका रूपमा बस्ने निर्णय गरिन्।

यसपछि हत्यारा बुबा र दाजुभाइलाई मृत्युदण्डको माग गर्दै उनले भनिन्, ‘उनको मृत्युमा पनि हाम्रो प्रेमले जित्यो र मेरा बुबा र दाजुभाइले हारे।’
उनले अगाडि भनिन्, ‘मैले यसकारण उनीसँग विवाह गरेँ, किनभने सक्षमको मृत्यु भए पनि उनको प्रेम जीवित छ।’
यसैबीच प्रहरीले हत्या घटनामा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ गरिएकाहरूमा गजानन बालाजिराव मामिलवाड, साहिल मामिलवाड, हिमेश मामिलवाड, जयश्री मदनसिंह ठाकुर, सोमेश लाखे र वेदान्त कुन्डेकर छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण