सङ्घीय कार्यपालिकामा कुल २१ वटा मन्त्रालय छन्। यसअघि नै मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीले एउटाभन्दा बढी मन्त्रालय हेर्दै आएका छन्।
अहिले मन्त्रिपरिषद् विस्तार तथा मन्त्रालय हेरफेर गर्दा प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मा लगाएकी छन्।
यसअघि सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण नवनियुक्त इङ्नामले पाएका छन्।
प्रधानमन्त्री नियुक्त भएको केही दिनपछि कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रिपरिषद्मा समावेश गरेकी थिइन्।
दोस्रो पटक विस्तार हुँदा अनिलकुमार सिन्हा, मदन परियार, महावीर पुन र जगदीश खरेल मन्त्रिपरिषद्मा परेका थिए।
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा डा सुधा गौतम र बब्लु गुप्ता मन्त्री बनेका थिए। त्यतिबेला नाम सिफारिस भएको भए पनि अन्तिम समयमा दुई जना मन्त्री बन्न पाएका थिएनन्।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्न सक्ने संवैधानिक व्यवस्था छ।
को हुन् नयाँ मन्त्री?
श्रद्धा श्रेष्ठ :
श्रेष्ठ नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा काम गरेकी छन् जहाँ उनले एशिया र ओशिनिया एकाइ हेर्थिन्। यसअघि उनी बोर्डअन्तर्गत रहेको दिगो पर्यटन परियोजनामा राष्ट्रिय निर्देशक थिइन्।
उनले संयुक्त राज्य अमेरिकामा आर्थिक विषय अध्ययन गरेकी छन्। उनी काठमाण्डूकी हुन्।
माधव चौलागाईँ:
वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका चौलागाईँ जुम्लाका हुन्। उनले थाईल्यान्डबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्। उनी कर्णालीका विषयवस्तुमा केन्द्रित भएर कलम चलाउँदै आएका छन्।
उनी ‘सपादलक्ष कर्णाली’का लेखक हुन्। केही महिनाअघि निकै चर्चामा रहेको गीतिकविता ‘म माण्ठ हुँ… जुरुक्क कर्णाली’ उनकै रचना हो।
राजेन्द्र सिंह भण्डारी :
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्न लागेका भण्डारी अवकाशप्राप्त वरिष्ठ प्रहरी अधिकारी हुन्। उनी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक थिए।
उनी बैतडीका हुन्।
कुमार इङ्नाम :
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका उनी काठमाण्डू स्कूल अफ ल (केएसएल) मा अन्तर्राष्ट्रिय व्यापार कानुन प्राध्यापन गर्छन्।
त्यसअघि उनी महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा प्राध्यापन गर्ने केएसएलको वेबसाइटमा रहेको उनको परिचयमा उल्लेख छ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल