कास्कीमा थप १८ संक्रमित थपिए, बाग्लुङमा ८ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि

कास्कीमा थप १८ संक्रमित थपिए, बाग्लुङमा ८ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि

Gandaki covid corona 2

पोखरा – मंगलबार कास्कीका १५८ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएका संक्रमित कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोकका ३०, ३७ र ३८ वर्षीया तीन जना महिला र पोखरा महानगरपालिकाका विभिन्न वडाका १५ जना छन्

यस्तै आज नै गण्डकीका अन्य जिल्लामा तनहुँका १४ जनाको परीक्षण गर्दा शुक्लागण्डकी -१२ का १ जना, बाग्लुङ जिल्लाका ८ जनाको परीक्षणमा बाग्लुङ नगरपालिका वडा नं -२ का १ जना, वडा नं -४ का २ जना, वडा नं -५ का १ जना र धवलागिरी अस्पतालका ३ जना गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्वत जिल्लाका ९ जनाको परीक्षणमा कुश्मा नगरपालिका -७ का १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज पुष्टि भएका २७ संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ७ सय ४० पुगेको छ । जसमा ३७२ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार १ सय ६३ पुगेको छ भने, संक्रमणकै कारण हालसम्म २०५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ