आहा ! रारा गोल्डकपः थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस अन्तिम चारमा, सेमिफाइनल समिकरण पुरा

आहा ! रारा गोल्डकपः थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस अन्तिम चारमा, सेमिफाइनल समिकरण पुरा

19th aaha rara gold cup

PIC : GOALNEPAL.COM

पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालामा मंगलबार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४-० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समिकरण पूरा भएको हो ।

मंगलबार मात्र बाग्मती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको हो ।

सुरुआतबाट नै दबाब दिएर खेलेको पुलिसले २९ औं मिनेटमा बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।

६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे ।

तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जित तर्फ उन्मुख हुदैं गयो । ७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गर्दै फराकिलो नजिता तर्फ अगाडि बढ्यो । ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ गर्दै नेपाल पुलिसलाई ४–० अग्रता सँगै जित सुनिश्चित बनाए ।

म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधबार खेलको पहिलो सेमिफाईनल खेल संकटा विरुद्ध सशस्त्र प्रहरी बलबीच हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ