माछा मार्ने क्रममा त्रिशुली नदीमा डुबेर युवक बेपत्ता

माछा मार्ने क्रममा त्रिशुली नदीमा डुबेर युवक बेपत्ता

dubera bepatta

सांकेतिक तस्विर

गोरखा – माछा मर्ने क्रममा त्रिशुली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्  ।

जिल्लाको शहिदलखन गाउँपालिका वडा नं -४ फेवाटार बस्ने २२ वर्षीय धन बहादुर प्रजा त्रिशुली नदीमा डुबेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति अन्दाजी ९ बजेको समयमा साथीहरुसंगै माछा मार्न गएका उनी बेपत्ता भएका हुन् ।

घटनाको जानकारी लगत्तै प्रहरी सहितको उद्धारको टोलीले खोजतलासको कार्य जारी राखेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ