आहा ! रारा गोल्डकपः एपीएफलाई हराउँदै सङ्कटा पहिलो पटक फाइनलमा, भोलि पुलिस क्लब र अफ्रिकन रुट भिड्दै

आहा ! रारा गोल्डकपः एपीएफलाई हराउँदै सङ्कटा पहिलो पटक फाइनलमा, भोलि पुलिस क्लब र अफ्रिकन रुट भिड्दै

19th aaha rara gold cup

PHOTO: GOALNEPAL.COM

सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा बुधवार भएको खेलमा सङ्कटाले एपीएफलाई दुई–शून्य गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे । सङ्कटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ