पत्रकार महासंघ कास्कीकाे अध्यक्षमा बिमला भण्डारी बिजयी, सचिवमा माधव बराल

पत्रकार महासंघ कास्कीकाे अध्यक्षमा बिमला भण्डारी बिजयी, सचिवमा माधव बराल

bijeya

नेपाल पत्रकार महासंघ, कास्कीकाे अध्यक्षमा बिमला भण्डारी विजयी भएकी छन् । भण्डारी विजयी भएसँगै महासंघले पहिलाे पटक महिला नेतृत्व पाएकाे छ । काँग्रेस निकट प्रेस यूनियन, माअाेवादी केन्द्र निकट प्रेस सेन्टर र चाैतारी (माधव नेपाल समूह) काे गठबन्धनकाे नेतृत्व लिएकी भण्डारीले प्रेस चाैतारी र प्रेस मञ्च गठबन्धनका केशव शरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् ।

बिमलाले १७४ मत प्राप्त गर्दा केशवशरणले १२१ मत ल्याए । यस्तै, उपाध्यक्ष खुल्लामा बिमला प्यानलकै रामप्रसाद तिमिल्सिना बिजयी भए । उनले चाैतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरेका हुन् । रामप्रसादले १७४ मत ल्याउँदा अर्जुनले १२२ मत ल्याए । महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् ।

केशव शरण प्यानलकी उनले रबिना अालेलाई ८ मतले हराइन् । जमुनाकाे १५१ र रबिनाकाे १४३ मत खस्याे । सचिवमा केशव शरण प्यानलबाट प्रेस चाैतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए । सहसचिव खुल्लातर्फ बिमला समूहका श्रीराम सिग्देलले जिते । श्रीरामले १७७ मत ल्याउँदा प्रतिष्पर्धी चाैतारीका एमबी अास्था मगरले ११५ मत ल्याए । ६२ मतकाे अन्तर रह्याे ।

सहसचिव समावेशीतर्फ रेम बिक विजयी भए । उनले १६८ मत ल्याए भने चाैतारीतर्फका दीपक के. श्रेष्ठले १२४ मत ल्याए । ४४ मतले यूनियनका रेमले जितेका हुन् । काेषाध्यक्षमा बिमला समूहबाटै कृष्ण दवाडीले जीत हात पारे । सेन्टरका दवाडीले चाैतारीका एकराज गिरीलाई ६४ मतले पछाडि पारे । दवाडीले १७७ र गिरीले ११३ मत ल्याए ।

सदस्य महिला तर्फ सपना अधिकारी विजयी भइन् । उनले १४८ मत ल्याउँदा तारा चापागाईं दुवे १० मतले पछि पर्दै १३८ मतमा सीमित भइन् । दलित सदस्यमा विजय नेपाली बिजयी भए । १५६ मत प्राप्त गरेका विजयले चाैतारीका सुरेश सुनार (१२६) लाई हराए। सदस्य जनजातिमा यूनियनका पदम श्रेष्ठ (१५६) ले खिमा कुमारी गुरूङलाई पराजित गरे । अन्य समावेशी तर्फ जैनव खातुनले १८३ मत प्राप्त गर्दै जीत हात पार्दा चाैतारीका सूर्य बहादुर परियारले १०१ मत ल्याए ।

सदस्यहरूमा २२ जना प्रतिष्पर्धा गरेकाेमा ९ जना समेटिनुपर्नेमा धन बहादुर गुरूङ (सुमन) १५२, शिवराज बस्ताकाेटी १४३, कञ्चन थापा १३०, गीता राना मगर १२९, प्रभु अधिकारी १२८, सन्ताेष बस्याल १२४, सन्ताेष सुवेदी १२९ युवराज गुरूङ (युनिश) १३१ र हरि पन्त (१३५) विजयी भए । राष्ट्रिय परिषद सदस्य जनजाति तर्फ राजबहादुर गुरूङ विजयी भए भने । खुल्ला ४ जनामा कमल पाैडेल अथक (१५०), श्यामनाथ कुँवर (१४२), अारजु बिष्ट सल्यानी (१२६) र गंगाधर पराजुली (१२६) विजयी भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ