प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप

प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप

modi-corona-vac_

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् ।

“मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् । यो खोपले कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सवैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए । भारतले कोरोनाभाइरस विरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरूलाई पनि उपलब्ध गराएको छ ।–एएनआई

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ