बिहीबार पोखराका ३७ जनामा कोरोना पुष्टि, पोखरा -१७ मा मात्र १९ संक्रमित भेटिए

बिहीबार पोखराका ३७ जनामा कोरोना पुष्टि, पोखरा -१७ मा मात्र १९ संक्रमित भेटिए

Pokhara beautyy

पोखरा – बिहीबार कास्कीका ८१ जनाको परीक्षण गर्दा पोखराका ३७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज जारी विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -१७ मा   सबै भन्दा धेरै १२ जना महिला र ७ जना पुरुष गरी १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, आज नै पोखरा -६ मा १ जना, पोखरा -८ मा २ जना, पोखरा -१६ मा ४ जना, पोखरा -२४ मा १ जना, पोखरा -२५ मा १ जना, पोखरा -२६ मा १ जना, पोखरा -३१ मा १ जना, पोखरा ३२ मा १ जना, पोखरा -५ मा १ जना, पोखरा -१० मा २ जना, पोखरा -१२ मा १ जना, पोखरा – २८ मा १ जना र पोखरा – ३० मा १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ४ सय ८२ पुगेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ