पोखरामा तीन सवारीसाधन एक आपसमा जुध्दा एकको मृत्यु

पोखरामा तीन सवारीसाधन एक आपसमा जुध्दा एकको मृत्यु

scooty-accident

फाइल फोटो ।

पोखरामा तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ११ः१० बजे पोखरा–३० शिशुवा चोकमा बेगनासबाट शिशुवातर्फ आउँदै गरेको ग१ज २२५८ नं को ट्याक्सीले ग१२प ४७०७ नं को स्कुटरलाई ठक्कर दिएपछि विपरीत दिशातर्फ जाँदै गरेको ग१त ४३०४ नं को ट्याक्टरमा ठोक्किँदा स्कुटरमा सवार व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा ३१ भञ्ज्याङका ६५ वर्षीय सोमराज सापकोटा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक र ट्याक्सी चालकसहित तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ