पोखरामा पेट्रोल पम्पमा सफा गर्ने क्रममा जलेर एक घाइते, चरकमा उपचार हुँदै

पोखरामा पेट्रोल पम्पमा सफा गर्ने क्रममा जलेर एक घाइते, चरकमा उपचार हुँदै

charak hospital New

पोखरामा पेट्रोल पम्प मर्मत गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते भएका छन् ।

पोखरा १७ बिरौटामा रहेको जगदम्बा पेट्रोल पम्पमा पम्पको मेशिन मर्मत तथा सरसफाइ गर्ने क्रममा ट्याङ्की भित्र जम्मा भएको ग्याँसले पोल्दा स्थानीय ६१ वर्षीय वासु थापा घाइते भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार घाइते थापाको चरक मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ