आहा ! रारा गोल्डकपको उपाधि संकटालाई

आहा ! रारा गोल्डकपको उपाधि संकटालाई

shankata clup winner of 19th aaha rara gold cup

PHOTO: GOALNEPAL.COM

आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्सलाई पराजित गर्दै संकटाले उपाधि जितेको हो ।

१९ औं संस्करणको फाइनलमा निर्धारित ९० मिनेट थप गरिएको ३० मिनेटको समयमा १—१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटन धकेलिकएको थियो ।

पेनाल्टी सुटआउटमा ४—२ गोल अन्तरले विजयी हुँदै संकटाले उपाधि चुमेको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।

सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले मात्र गोल गर्न सके । पेनाल्टी अघि खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १–० को अग्रता दिलाएका थिए ।

खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमायो । संकटाका डिफेन्डरबीच तालमेल नमिल्दा डिबक्स भित्र प्राप्त बलमा अनमार्क रहेका बासेकले गोल गर्न सकेनन् । खेलको ५१ औं मिनेटमा संकटाका ग्लोरीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

उपाधिसँगै संकटा आहा रारा गोल्डकपको नयाँ विजेता बन्यो ।

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ