भारतमा कोरोना कहरः एकैदिन डेढलाख बढी संक्रमित थपिए

भारतमा कोरोना कहरः एकैदिन डेढलाख बढी संक्रमित थपिए

Corona

भारतमा थप १ लाख ५२ हजार ६८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितहरुको यो संख्या पछिल्लो २४ घण्टामा पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजार ४६५ पुगेको छ ।

भारतमा हालसम्म १ करोड २० लाख ७८ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ७ हजार ८२७ छ । त्यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ३०५ पुगेको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ५९ लाख ४७ हजार ८ सय नाघेको छ ।

संक्रमितमध्ये २९ लाख ३८ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म १० करोड ९३ लाख ५६ हजार ४ सय बढीले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या २ करोड ३६ लाख ५२ हजार ६ सय बढी छ । जसमध्ये एक लाख २ हजार बढीको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds