भारतमा एकैदिन १ लाख ६० हजार बढी संक्रमित थपिए, ८८० जनाको मृत्यु

भारतमा एकैदिन १ लाख ६० हजार बढी संक्रमित थपिए, ८८० जनाको मृत्यु

corona death

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा कोरोना संक्रमित थपिदै आएका छन् ।

गत २४ घण्टाको अवधिमा थप १ लाख ६० हजार ६९४ संक्रमित थपिएका छन् । यस्तै उक्त अवधिमा यसको संक्रमणबाट ८८० जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ । मृतकको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ । यस्तै १ करोड २२ लाख ५० हजार ४४० संक्रमित निको भएका छन् ।

सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५४४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ