खुँडा प्रहार गरी बेहोस भएको नाटक ! पोखराबाट शेर्पा पक्राउ

खुँडा प्रहार गरी बेहोस भएको नाटक ! पोखराबाट शेर्पा पक्राउ

jyan muddha

पोखरामा ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति पोखरा -४ गणेश टोलमा झगडा हुँदा स्याङ्जा अर्जुनचौपारी २ घर भई पोखरा -१५ राम बजार बस्ने चुत्र बहादुर गुरुङमाथि खुडा प्रहार गर्ने पोखरा ५ पर्स्याङ निवासी २१ वर्षीय रोशन शेर्पालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

खुडा प्रहारबाट टाउकोमा गम्भीर चोट लागि घाइते अवस्थामा भेटिएका गुरुङलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको थियो ।

 घटना पश्चात् भागेका लामा एक घण्टापछि घटनास्थल भन्दा २ सय मिटर पर बेहोस भएको नाटक गरी ढलेको अवस्थामा पक्राउ परेका हुन् । शेर्पालाई ज्यान मार्ने उद्योग अन्तर्गत सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ