पोखरामा ६ किलो गाँजासहित धादिङका सानुकान्छा पक्राउ

पोखरामा ६ किलो गाँजासहित धादिङका सानुकान्छा पक्राउ

gajad

पोखरामा एक युवक ६ किलो परिमाणको गाँजाको बोरासहित पक्राउ परेका छन् ।

कास्की पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस स्थित वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा जिल्ला धादिङ गल्छी गाँउपालिका वडा नं. ८ गोगनपानी बस्ने बर्ष २२ को सानुकान्छा तामाङको साथबाट लागूऔषध गाँजा ६ केजी सहित फेला परेको कास्की प्रहरीले जनाएको छ ।

मंगलबार राति ९ बजेतिर उनलाई पक्राउ गरिएको हो । तामाङलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds