म्यान्मारमा सैन्य शासनविरुद्ध जारी आन्दोलनका क्रममा सेनाले हानेको गोली लागेर नेपालीभाषी दम्पतीको मृत्यु भएको छ।
आफ्नो घरतर्फ आइरहेका बेला सेनाको गोली प्रहारबाट म्यान्मारको जगाईं प्रान्तमा पर्ने टमु सहर निवासी किसन गौतम र उनकी पत्नी हरिमाया गौतमको मंगलबार मृत्यु भएको हो।
टमु सहर भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारि पर्छ, जहाँ करिब ४ हजार नेपालीको बसोबास रहेको बताइएको छ। त्यहाँ तीन पुस्तादेखि बसोबासरत गौतम दम्पती गाईपालन गर्थे। नजिकैको गोठमा गाईको हेरचाह गरेर घर फर्किंदै गरेका बेला उनीहरूलाई गोली लागेको थियो।
सैन्य शासनकै कारण म्यान्मारबाट हालै नेपाल फर्किएका पत्रकार दीपक भट्टराईका अनुसार उनीहरू गोठ गएर दूध दुहेर घर फर्फंदै थिए। बर्मामा अहिले पनि हजारौं नेपाली गाई पालेर दूध, दही, घ्यू बेची जीवन चलाउँछन्।
उनी भन्छन्, ‘यो फोटो (मृतक दम्पती) दसैंका बेलाको हुनपर्छ। बर्मेली नेपालीभाषीले रङ नभएको अक्षता लगाउँछन्। नेपाली चलचित्र हेरेर र फेसबुकबाट थाहा पाएपछि अचेल केही अक्षतामा रातो रङ हाल्छन्।’
म्यान्मारका सेनाले गत फेब्रुअरी १ तारिख आङ सान सुचीसहित त्यहाँका राष्ट्रपति, मन्त्रीलगायत सबै लोकतान्त्रिक नेतालाई नजरबन्दमा राखी सत्ता कब्जा गरेका हुन्। त्यसको विरोधमा त्यहाँ दैनिक जनप्रदर्शन भइरहेको हो।
त्यस क्रममा सैनिक दमनले अहिलेसम्म ७ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन