भारतमा एकैदिन २ लाख १६ हजार बढी संक्रमित थपिए, १ हजार १८३ जनाको मृत्यु

भारतमा एकैदिन २ लाख १६ हजार बढी संक्रमित थपिए, १ हजार १८३ जनाको मृत्यु

corona death

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् ।
कोरोना भाइरस अत्यन्त तीब्र रुपमा फैलिएको भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र थप २ लाख १६ हजार ८५० नयाँ संक्रमित थपिएका छन् ।

यसरी एकैदिन यति उच्च संख्यामा संक्रमित थपिएको यो कोरोना महामारी सुरु भएयताकै उच्च रहेको छ । गत २४ घण्टाकै अवधिमा भारतमा यसको संक्रमणबाट १ हजार १८३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ । यस्तै यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३३५ पुगेको छ । १ करोड २५ लाख ४३ हजार ९७८ संक्रमित निको भएका छन् । सक्रिय संक्रमित बढेर १५ लाख ६९ हजार ४२७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ