पोखरा – पोखरामा कोरोना संक्रमितको संख्यामा आश्चर्यजनक रुपमा वृद्धि हुँदै गएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक प्रेस विज्ञप्ति अनुसार पोखरा महानगरपालिका पुनः कोरोना संक्रमणको हटस्पटका रुपमा देखा पर्दै गएको हो ।
निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो तीन दिनमा कास्कीका ४७१ जनाको परीक्षण गरिएकोमा पोखरा महानगरका ९४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु महानगरका सबै जसो वडाका महिला पुरुष छन् ।
यस्तै तनहुँका १८ जनाको परीक्षणमा ३ जना, बाग्लुङका ६३ जनाको परीक्षणमा १० जना, नवलपुरका २२ जनाको परीक्षणमा ३ जना, स्याङ्गजाका ३५ जनाको परीक्षणमा ५ जना, गोरखाका ३३ जनाको परीक्षणमा १ जना, पर्वतका ४९ जनाको परीक्षणमा १ जना र म्याग्दी जिल्लाका ३६ जनाको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ८४ पुगेको छ । जसमा ४६६ सक्रिय संक्रमित छन् ।
पछिल्लो ७२ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय १५ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा २०७ जनाले ज्यान गुमाइसकेका छन् ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु