पोखराका ९४ सहित गण्डकीमा थप ११८ जनामा कोरोना पुष्टि

पोखराका ९४ सहित गण्डकीमा थप ११८ जनामा कोरोना पुष्टि

Gandaki-Map copy

पोखरा – पोखरामा कोरोना संक्रमितको संख्यामा आश्चर्यजनक रुपमा वृद्धि हुँदै गएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक प्रेस विज्ञप्ति अनुसार पोखरा महानगरपालिका पुनः कोरोना संक्रमणको हटस्पटका रुपमा देखा पर्दै गएको हो ।

निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो तीन दिनमा कास्कीका ४७१ जनाको परीक्षण गरिएकोमा पोखरा महानगरका ९४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु महानगरका सबै जसो वडाका महिला पुरुष छन् ।

यस्तै तनहुँका १८ जनाको परीक्षणमा ३ जना, बाग्लुङका ६३ जनाको परीक्षणमा १० जना, नवलपुरका २२ जनाको परीक्षणमा ३ जना, स्याङ्गजाका ३५ जनाको परीक्षणमा ५ जना, गोरखाका ३३ जनाको परीक्षणमा १ जना, पर्वतका ४९ जनाको परीक्षणमा १ जना र म्याग्दी जिल्लाका ३६ जनाको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ८४ पुगेको छ । जसमा ४६६ सक्रिय संक्रमित छन् ।

पछिल्लो ७२ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय १५ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा २०७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ