भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार संक्रमित भेटिए, १३३८ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार संक्रमित भेटिए, १३३८ को मृत्यु

corona death

भारतमा कोरोनाभाइरसले स्थिति निकै नाजुक बनाएको छ । हरेक राज्य, हरेक शहरमा पहिलो चरणको तुलनामा असाध्यै धेरै संक्रमित भेटिएका छन् । शुक्रबार पहिलो पटक एक दिनमा २ लाख ३३ हजार ७५७ संक्रमित फेला परेका छन् ।

यतिबेला १ लाख २२ हजार ८३९ बिरामी निको पनि भए । भारतभरि हालसम्म १ करोड ४५ लाख मानिस कोरोनाद्वारा संक्रमित भएका छन् ।

यसका साथै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १३ सय ३८ ले ज्यान गुमाइसकेका छन् । मृतकको यो संख्या सरकारी हो । शवदाह स्थल, कब्रिस्तानमा योभन्दा थुप्रै गुणा बढी शव पुगेका छन् । त्यहाँका तस्बिर निकै डरलाग्दो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ