मास्क नलगाउनेलाई ५ सय जरिवना

मास्क नलगाउनेलाई ५ सय जरिवना

maks wearing

भारतमा कोरोना महामारी नियन्त्रणका लागि सरकारी स्तर गैरसरकारी स्तरबाट कडा मापदण्ड पालनामा जोड दिइएको छ । पछिल्लो समय भारतीय रेलवे विभागले रेलमा मास्क नलगाउनेलाई जरिवाना तिराउने भएको छ । विभागले यात्रुलाई मास्क नलगाए ५ सय जरिवाना तिराउने भएको हो ।

विभागका अनुसार ११ मेमा जारी गरिएको स्ट्यान्डर्ड अपरेटिभ प्रोसिजर (एसओपी) मा सबै यात्रुलाई रेल भित्र प्रवेश गर्दा र यात्राको क्रममा अनुहार छोप्ने कभर वा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

मास्क नलगाउनेलाई रेल ऐनअन्तर्गतको अपराधमा कारवाही गरिने विभागले जनाएको छ। भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ