पोखराबाट चार शहरमा बुद्ध एयरले उडान सुरु गर्ने [भाडादर]

पोखराबाट चार शहरमा बुद्ध एयरले उडान सुरु गर्ने [भाडादर]

buddha-air36

बुद्ध एयरले पोखराबाट चार नयाँ गन्तव्यमा उडान गर्ने भएको छ। हाल अधिकांस उडान काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिर पोखराबाट अर्को शहरमा पनि उडान गर्ने योजना बनाएको हो।

पोखरा-भैरहवा, पोखरा-सिमरा, पोखरा-नेपालगञ्‍ज,पोखरा-विराटनगर उडान गर्ने बुद्धले घोषणा गरेको छ। भरतपुर-भैरहवा पनि उडान गर्ने जनाएको छ ।

यही मे १ देखि नयाँ गन्तव्यमा उडान सुरु गर्ने बुद्धले जानकारी दिएको छ। नयाँ गन्तव्यको उडान बिचक्राफ्टबाट हुने बुद्धले बताएको छ। सुरुमा यी सबै गन्तव्यमा हप्ताको तीन उडान गर्ने र यात्रुको चाप बढ्दै गएपछि दैनिक उडान गर्ने एयरलाइन्सको योजना छ।

यात्रुको माग बढ्दै गएर दैनिक उडान हुने अवस्था आएमा एटिआर-७२ जहाजबाट उडान सुरु गरिने बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ।
बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

न्यूनतम भाडा 

पोखरा-नेपालगञ्ज :       रु ४५००
पोखरा-विराटनगर:       रु ६०००
पोखरा-सिमरा:             रु ४३००
पोखरा- भैरहवा:           रु ३१००
भैरहवा-भरतपुर:           रु २५००
विराटनगर-तुम्लिङटार: रु ३१००

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ