Gandak News
Our News Your Views
Promote your business here Gandaknews

कास्कीका ६१ सहित गण्डकीमा थप ८१ जनामा कोरोना पुष्टि

पोखरा – आइतबार कास्कीका ६१ सहित गण्डकीमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालायद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ६ जिल्लाका ८१ जनामा कोरोना पुष्टि भएको हो ।

आज कास्कीमा पुष्टि भएका संक्रमितहरु मध्ये माछापुछ्रे गाउँपालिका -४ का १ जना बाहेक अन्य सबै ६० संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका छन्  ।

यस्तै नवलपुरका १ जना, स्याङ्गजाका ५ जना, तनहुँका २ जना, पर्वतका २ जना र बाग्लुङ जिल्लाका १० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका ८१ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार १ सय ६५ पुगेको छ ।

पछिल्लो ४८ घण्टामा गण्डकीबाट २९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ४४ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०७ जनाले ज्यान गुमाइसकेका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस