गण्डकी सरकारले दियो चैते दशैंमा बिदा, यो वर्ष प्रदेशमा ५ चाडपर्व बिदा

गण्डकी सरकारले दियो चैते दशैंमा बिदा, यो वर्ष प्रदेशमा ५ चाडपर्व बिदा

Gandaki Ministry

आउँदै गरेको चैते दशैंको दिन वैशाख ७ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन बिदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी गराएका छन् ।

उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशन गरिएको छ । गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व बिदाको निर्णय गरेको छ ।

चैते दशैंसँगै इदुल फित्र पर्ने दिन इद, पुस १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम ल्होसार र फागुन १९ गते ग्याब्लो ल्होसारमा पनि बिदाको निर्णय भएको छ ।

प्रदेश सरकारलाई बर्षमा ७ दिन थप बिदा दिने अधिकार हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ