पोखरामा लागु औषध सहित पर्वत फलेवासका नेपाली पक्राउ

पोखरामा लागु औषध सहित पर्वत फलेवासका नेपाली पक्राउ

police-arrest

सांकेतिक तस्विर

पोखरा – लेखनाथस्थित पावरहाउसबाट एक व्यक्ति लागु औषध सहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं -३० पावरहाउस चोकमा खटिएको प्रहरीको टोलीले लु १ ख ८७५७ नंवरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार पर्वत जिल्ला फलेवास नगरपालिका -१३ सिमपानी बस्ने ३१ वर्षीय विदुर नेपालीलाई अवैध लागु औषध सहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले नेपालीको साथबाट डाईजेपाम ५० एम्पुल, नुर्फिन ५० एम्पुल र फेनारगन ४८ एम्पुल गरी जम्मा १४८ एम्पुल लागु औषध वरामद गरेको छ ।

प्रक्राउ परेका उनीविरुद्ध लागु औषध समबन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds