पोखरा – कास्कीमा भोलिदेखि विद्यालय बन्द हुने भएको छ । कोरोनाका कारण विद्यालयका बालबालिकामा कोरोनाको जोखिम बढेपछि सरकारले शहरी क्षेत्रका विद्यालयय बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
निजी विद्यालयको छाता संगठनले विमति राख्दै विद्यालय सञ्चालन गर्ने निणर्य गरेको थियो । तर मन्त्रीपरिषद्ले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपछि विद्यालय बन्द गर्न लागेको प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा बताउँछन् । संस्था सरकारको निर्णयको पक्षमा नरहेको उनले बताए ।
पृथ्वीनारायण क्याम्पसमा पनि भौतिक उपस्थिति नभई भर्चुअल माध्यमबाट क्याम्पस सञ्चालन गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ भेरियन्टको कोभिड १९ महामारी बढ्दै गइरहेको सन्दर्भमा रोकथाम र नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारको मन्त्रीपरिषदको निर्णय बमोजिम प्रशासनले आदेशको पुर्ण पालनाकालागि जिल्लावासीहरुलाई अनुरोध गर्दै १७ वटा आदेश जारी गरेको हो ।
प्रशासनले जिल्लामा रहेका रेष्टूरेण्टहरुलाई बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सेवा दिन भनेको छ भने २५ जना भन्दा बढी ब्यक्ति भेला हुन निषेध गरेको छ । आदेश अनुसार विवाह तथा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने छ ।
कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि विद्यालय बन्द गर्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबिच विवाद रहेका बेला सरकारले प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।
नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण बालबालिका तथा किशोरकिशोरीमा बढ्दो गतिमा फैलिरहेको छ । सोही विषयलाई ध्यानमा राखेर सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
संक्रमण नियन्त्रणका लागि जोखिमयुक्त प्रमुख शहरका विद्यालय बन्द गरि पठनपाठन भर्च्युअल रुपमा गर्ने व्यवस्था मिलाउन सरकारले आदेश दिएको छ।
यस्तै, मन्त्रीपरिषद बैठकले २५ जना भन्दा बढि भेला हुन नपाउनेसहितका सावधानीका उपायहरु समेटेर २० बुँदे अवधारणा जारी गर्ने निर्णय पनि गरेको छ।
यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालासहितका क्षेत्र पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प