Gandak News
Our News Your Views
Promote your business here Gandaknews

कास्कीका ६४ जनाको परीक्षण गर्दा पोखराका २३ जनामा कोरोना पुष्टि, थप एक जनाको मृत्यु

पोखरा – कास्कीका ६४ जनाको परीक्षण गर्दा  पोखराका २३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गरिएको परीक्षणमा पोखरा महानगरका विभिन्न वडाका महिला पुरुष गरी २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

यस्तै तनहुँका ६ जनाको परीक्षणमा २ जना, नवलपुरका २५ जनाको परीक्षण गर्दा ५ जना र म्याग्दी जिल्लाका १२ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका ३२ जनासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार २ सय ६३ पुगेको छ, जसमा ५६२ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ ।

मंगलबार पनि गण्डकीमा थप कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा नं -१ निवासी ७९ वर्षीय वृद्ध रहेका छन् । गत चैत्र २८ गते कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस