अस्पतालहरुले बिरामी रिफर गर्दा समन्वय गरेर मात्रै पठाउन निर्देशन

अस्पतालहरुले बिरामी रिफर गर्दा समन्वय गरेर मात्रै पठाउन निर्देशन

health swasthya

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निति योजना तथा अनुगमन महाशाखाले बिरामीहरुको उपचार व्यवस्थापन तथा रिफर गर्दा समन्वय गर्न निर्देशन दिएको छ । महाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोरोना भाइरसको संक्रमण बढेका कारण अस्पतालहरुले समन्वय गरेर मात्र बिरामीहरुको रिफर गर्न निर्देशन दिएका हुन् ।

डा. लोहनीले भनेका छन्– “कारोना भाइरसको संक्रमण संगै नियमित सेवा तथा आकस्मित सेवा प्रवाहमा सर्वसाधरणमा पर्न गएको कठिनाई प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैले कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मित उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु पर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्रै पठाउनु हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ