कोरोना संक्रमणका कारण पोखराका दुई जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका दुई जनाको मृत्यु पुष्टि

Pokhara beautyy

पोखरा –  कोरोना संक्रमणका कारण पोखराका दुई जनाको मृत्यु पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं -२९ की ५४ वर्षीया महिला र पोखरा -३३ का ८४ वर्षीय संक्रमित पुरुषको मृत्यु पुष्टि भएको हो ।

शर्माका अनुसार गत वैशाख ५ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि अस्पताल भर्ना भएकी पोखरा -२९ कि ५४ वर्षीया महिलालाई उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो ।

यस्तै गत वैशाख ५ गते नै कोरोना पोजेटिभ भएर उपचारका लागि संक्रामक रोग तथा सरुवा रोग अस्पताल भर्ना भएका पोखरा -३३ का ८४ वर्षीय वृद्धको बुधबार मृत्यु पुष्टि भएको अस्पतालले जनाएको छ ।

आज मृत्यु पुष्टि भएका दुई जना संगै पोखरामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११८ पुगेको छ भने, गण्डकीमा यो संख्या २११ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds