कास्कीका ७९ सहित गण्डकीमा थप १४३ जनामा कोरोना पुष्टि

कास्कीका ७९ सहित गण्डकीमा थप १४३ जनामा कोरोना पुष्टि

covid-19-corona

पोखरा – कास्कीका ७९ सहित गण्डकीमा थप १४३ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३५३ जनाको नमुना परीक्षण गर्दा ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज कास्कीमा कोरोना पुष्टि हुनेहरु मध्ये अन्नपूर्ण गाउँपालिकाका १ जना छन् भने, अन्य सबै ७८ संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका छन् ।

यस्तै बाग्लुङका ९७ जनाको नमुना परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नं -१४ मा मात्र २५ जना महिला र १४ जना पुरुषमा कोरोना पुष्टि भएको छ भने, अन्य संक्रमित धौलागिरी अस्पतालका रहेको निर्देशनालयले जनाएको छ ।

यता तनहुँको ब्यास र शुक्लागण्डकी नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ६ जनाको परीक्षण गर्दा ६ जनाकै रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने, गोरखाका ६ जनाको परीक्षणमा १ जना र पर्वत जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनलायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ४०६ पुगेको छ ।जसमा सक्रिय संक्रमित ६६४ छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

कोरोना संक्रमणकै कारण गण्डकीमा बुधबार थप दुई जनाको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका दुई मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २११ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ