नझुक्किनुहोस् ! कास्कीभर पूर्वनिर्धारित परीक्षा नरोकिने, विद्यालयमा भौतिक उपस्थितिमा पढाई नहुने

नझुक्किनुहोस् ! कास्कीभर पूर्वनिर्धारित परीक्षा नरोकिने, विद्यालयमा भौतिक उपस्थितिमा पढाई नहुने

school

जिल्ला प्रशासन कार्यालय भन्छ – ‘कास्कीमा वैशाखसम्म पढाई बन्द’, पोखरा महानगरपालिका शिक्षा महाशाखा भन्छ – ‘वैशाखमा परीक्षाहरु सिध्याउ ।’  महानगर र प्रशासनको यी दुई विज्ञप्तिका कारण आम नागरिक भने झुक्किए । समाचार सामाग्री मुन्तिर गालीगलौजमै उत्रिए ।

वास्तवमा ‘नियमित पठनपाठन मात्र विद्यालयमा भौतिक उपस्थितिमा नहुने’ भनेको हो । ‘पूर्व निर्धारित परीक्षा स्वास्थ्य मापदण्डसहित वैशाख मसान्तभित्रै सिध्याउ’ भनेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ भेरियन्टको कोभिड १९ महामारी बढ्दै गइरहेको सन्दर्भमा रोकथाम र नियन्त्रणका लागि विभिन्न १७ बुँदे आदेश जारी गरेको छ ।

पढाई सम्बन्धमा १ र २ नम्बर बुँदा हेर्नुहोस्

स्वास्थ्य मापदण्ड अपनाएर महानगरका विद्यालयमा परिक्षा सञ्चालन 

पोखरा महानगरपालिकाका विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका शिक्षा महाशाखाको निर्णयसँगै विद्यालयले पूर्व निर्धारण गरिएका विद्यालय सञ्चालन गरिने भएको हो ।

बुधबार पोखरा महानगर शिक्षा शाखाले आधिकारिब वेबसाईटमा विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । शिक्षा शाखाले ७ वटा बुँदा तयार पारेर त्यसलाई अपनाउँदै परिक्षा सञ्चालन गर्न पाउने जनाएको छ ।

हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ