पोखराका ५५ सहित गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि, २७ जना कोरोनामुक्त

पोखराका ५५ सहित गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि, २७ जना कोरोनामुक्त

Gandaki-Map copy

पोखरा – कास्कीका २२१ जनाको स्वाब परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका सबै संक्रमित जिल्लाको पोखरा महानगरपालिकाका विभिन्न वडाका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार जारी विज्ञप्तिमा गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँमा ३ जना, लमजुङमा १ जना, पर्वतमा ३ जना, म्याग्दीमा ११ जना, स्याङ्गजामा ४ जना र नवलपुरका ५ जनाको परीक्षण रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।

आज गण्डकीमा पुष्टि भएका ८२ संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ८८ पुगेको छ, जसमा ७१९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ५८ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २११ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds