पोखरा – गण्डकीमा ३६१ जनाको नमुना परीक्षण गर्दा शुक्रबार ८६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ७ जिल्लाका ८६ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
जस अन्तर्गत कास्कीमा २०८ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकाका ६४ जनामा कोरोना पुष्टि भएको छ । कास्कीमा आज पुष्टि भएकासंगै कोरना संक्रमितको संख्या ९ हजार २७ पुगेको छ ।
यस्तै तनहुँका २४ जनाको परीक्षणमा ६ जना, गोरखाका २० जनाको परीक्षणमा ५ जना, स्याङ्गजाका २४ जनाको परीक्षणमा ४ जना, पर्वतका २९ जनाको परीक्षणमा २ जना, बाग्लुङका ३१ जनाको परीक्षणमा ३ जना र म्याग्दी जिल्लाका २५ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ७७३ छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २११ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु