पोखरा । फेवातालको छेवैमा बनेको संरचना भत्काउन दलबलसहित पुगेको पोखरा महानगरको टोली निरीह बनेर फर्केको छ । वडा प्रहरी कार्यालय बैदाम, नगर प्रहरीको टोलीसहित डोजर लगिएपनि स्थानीयको अवरोधसामु महानगर कमजोर सावित भयो । पर्खाल भत्काउने भनेको महानगरले एक ट्रक ढुंगा लिएर फर्कियो ।
पोखरा महानगरपालिका वडा नं. १८, खपौंदी क्षेत्रको फेवा किनारमा बनेको रिटेनिङ पर्खाल भत्काउन महानगरले शुक्रबार डोजर पठाएको थियो । मेयर मानबहादुर जिसीले प्रशासनसँग सहकार्य गरेर पर्खाल भत्काउन महानगरको विपदद् व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख, वरिष्ठ कानुन अधिकृत नारायण शर्मालाई बुधबार निर्देशन दिएका थिए । सोहि आदेश अनुसार पूर्वान्ह ११ बजे टोली पुगेको थियो ।
सुरुमै अवरोध गरियो । डोजरले एक दुई डोब सुरु गरिनसक्दै स्थानियहरु जाइलागे । त्यसपछि काम अघि बढ्न सकेन र डोजर फर्कियो । यसबीचमा प्रहरी र स्थानीयबीच झडपकै अवस्था सिर्जना भयो । फेवा संरक्षणमा लागिपरेका नागरिक अगुवाहरुसँग पनि स्थानीय झम्टिए ।
नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेल लगायत सक्रिय रुपमा फेवा मास्ने कार्यको विरोधमा उत्रिँदै आएका छन् । शुक्रबार पनि नागरिक अगुवाको टोली, पत्रकारहरुको टोली घटनास्थलमै थिए । विवादलाई मध्यनजर गर्दै ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो । स्थानीयले भने लालपूर्जा भएको जग्गामा आफूहरुले जे पनि गर्न पाउनुपर्ने बताउँदै आएको छ ।
महानगरका अधिकारी भने अब फेरि बैठक बसेर निर्णय गरी अघि बढ्ने बताउँछ । अहिले फेवातालको ४ किल्ला निर्धारण भइसकेको छ र कति मिटरसम्म संरचना बनाउन पाउने ? भन्ने मापदण्ड तोक्ने प्रक्रियामा छ । फेवाताल किनारबाट ६५ मिटर दुरीसम्म कुनै संरचना बनाउन नपाइने नियम छ । फेवातालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीबन कायम गरिएको छ ।
बाँध मर्मतका लागि भन्दै पानी घटाएको मौका छोप्दै रिटेनिङ पर्खाल लगाउने काम सुरु भएपछि मेयर, उपमेयरसहितको टोलीले गत मंसिर २८ मा पनि डोजर चलाएको थियो । त्यसबेला दर्जन ट्रिप ढुंगा जफत गरिएको पनि थियो । त्यसपछि पनि स्थानीय होटल व्यवसायीले अटेर गर्दै डेढ सय मिटर लामो १ मिटर अग्लो पर्खाल लगाइसकेका हुन् ।
यतिबेलासम्म नागरिक अगुवा, वडा कार्यालयले पटक पटक महानगरको ध्यानाकर्षण गरेपनि टेरपुच्छर लगाएन । सुने नसुनझैं गरेपछि महानगरकै मिलेमतो छ कि ? भनेर पनि आशंका नभएका होइनन् । महानगर जानकार भएपनि मूकदर्शक बन्दा यो आशंकलाई बल पनि पुगेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो