Gandak News
Our News Your Views
Promote your business here Gandaknews

गूगल अकाउन्टमा कुनै परिवर्तन नगरि युट्युबमा नाम र प्रोफाइल पिक्चर परिवर्तन गर्न सकिने

युट्युबले नाम र प्रोफाइल पिक्चर परिवर्तन गर्न मिल्ने फिचर ल्याएको छ । यो फिचर क्रियटरहरुले धेरै लामो समय देखि माग गरिरहेका थिए ।

यो फिचर आएसँगै अब युट्युब क्रियटरहरुले गूगल अकाउन्टमा कुनै परिवर्तन नगरेर नाम र प्रोफाइल पिक्चर परिवर्तन गर्न पाउनेछन् । यसले प्रयोगकर्ताहरुलाई गूगल अकाउन्ट र युट्युब च्यानललाई छुट्टाछुट्टै राखेर काम गर्न दिन्छ ।

यो फिचरको प्रयोग माई च्यानल अप्सनमा थिचेर वा प्रोफाइल पिक्चरमा क्लिक गर्न सकिने छ। तर यसको एउटा नराम्रो पक्ष पनि छ ।

यदि क्रियटरको च्यानल भेरिफाइड छ र ती क्रियटरले प्रोफाइल परिवर्तन गरेमा उनीहरुको भेरिफिकसन ब्याज जान्छ । चेकमार्कको लागि पुनः निवेदन गर्नुपर्ने हन्छ । तर नाम परिवर्तन गर्दा कस्टम युआरएलमा कुनै फरक पर्दैन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस