पाकिस्तानले भारतलाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग गर्दै

पाकिस्तानले भारतलाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग गर्दै

coronavirus-india-rep-image-hyd

Pic: youthkiawaaz

कोरोना महामारीसँग जुधिरहेको भारतलाई पाकिस्तानले स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

दोस्रो वेभका रुपमा आएको कोरोना महामारीका कारण भारतमा दैनिक ३ लाखको हाराहारीमा संक्रमित फेला पर्न थालेपछि उपचारमा अक्सिजनको अभाव भइरहेको छ। यस्तै, भारतलाई विभिन्न देशले अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ।

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीले पनि भारतलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमा उनले भेन्टिलेटर, एक्सरे मेसिन, पीपीईलगायतका सामग्री सहयोग गर्ने जानकारी दिए।

यसअगाडि पाकिस्तानकै परोपकारी संस्था अब्दुल सत्तर इदी फाउन्डेसनले ५० एम्बुलेन्स र आपतकालीन कर्मचारीहरूलाई भारत पठाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ