दोस्रो लहरको कोरोना संक्रमणले भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा दैनिक तीन लाख भन्दा बढी मानिसहरु संक्रमित भइरहेका छन् भने मृत्यु हुनेको संख्या दैनिक २ हजार भन्दा माथि रहेको छ।
मृत्यु हुनेको संख्या बढिरहँदा भारतमा शव व्यवस्थापनमा समस्या देखिएको समाचारहरु आइरहेका छन् ।अस्पतालमा रहेका शव अन्त्येष्टिका लागि लैजानसमेत वाहनहरु पर्याप्त छैनन् ।
महाराष्ट्रमा दैनिक मृत्यु हुनेको संख्याले रेकर्ड बनाइरहँदा एकै एम्बुलेन्समा दर्जनबढी शवहरु राखेर श्मशान या कब्रस्तान लगिएको तस्वीर सार्वजनिक भएको हो।
महाराष्ट्रको बीड जिल्लाको अंबाजोगाईमा स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाका कारण ज्यान गुमाएका २२ शव आइतबार एकै एम्बुलेन्समा कोचेर कब्रस्तान लगिएको थियो।
यसरी कोचाकोच गरेर शवमाथि अमानवीय हर्कत गरिएको भन्दै चर्को विरोध भइरहेको छ। अस्पताले भने एम्बुलेन्सको अभावका कारण समस्या भएको बताएको छ।
२५ अप्रिलमा कोरोनाका कारण ज्यान गुमाएका २२ शव एकै एम्बुलेन्समा चाङ लगाएर कब्रस्तान लगिएको थियो । त्यसपछि मानिसहरुले स्थानीय प्रशासन विरुद्ध आक्रोश पोखिरहेका छन्।
अस्पताल प्रशासनले आफूहरुसँग दुईवटा मात्र एम्बुलेन्स रहेको र पाँच एम्बुलेन्स माग गरिएको भएपनि अहिलेसम्म उपलव्ध नहुँदा समस्या भएको बताएको छ।

सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ