तस्वीरः आजतक
दोस्रो लहरको कोरोना संक्रमणले भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा दैनिक तीन लाख भन्दा बढी मानिसहरु संक्रमित भइरहेका छन् भने मृत्यु हुनेको संख्या दैनिक २ हजार भन्दा माथि रहेको छ।
मृत्यु हुनेको संख्या बढिरहँदा भारतमा शव व्यवस्थापनमा समस्या देखिएको समाचारहरु आइरहेका छन् ।अस्पतालमा रहेका शव अन्त्येष्टिका लागि लैजानसमेत वाहनहरु पर्याप्त छैनन् ।
महाराष्ट्रमा दैनिक मृत्यु हुनेको संख्याले रेकर्ड बनाइरहँदा एकै एम्बुलेन्समा दर्जनबढी शवहरु राखेर श्मशान या कब्रस्तान लगिएको तस्वीर सार्वजनिक भएको हो।
महाराष्ट्रको बीड जिल्लाको अंबाजोगाईमा स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाका कारण ज्यान गुमाएका २२ शव आइतबार एकै एम्बुलेन्समा कोचेर कब्रस्तान लगिएको थियो।
यसरी कोचाकोच गरेर शवमाथि अमानवीय हर्कत गरिएको भन्दै चर्को विरोध भइरहेको छ। अस्पताले भने एम्बुलेन्सको अभावका कारण समस्या भएको बताएको छ।
२५ अप्रिलमा कोरोनाका कारण ज्यान गुमाएका २२ शव एकै एम्बुलेन्समा चाङ लगाएर कब्रस्तान लगिएको थियो । त्यसपछि मानिसहरुले स्थानीय प्रशासन विरुद्ध आक्रोश पोखिरहेका छन्।
अस्पताल प्रशासनले आफूहरुसँग दुईवटा मात्र एम्बुलेन्स रहेको र पाँच एम्बुलेन्स माग गरिएको भएपनि अहिलेसम्म उपलव्ध नहुँदा समस्या भएको बताएको छ।
सम्बन्धित खबर
इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० जनाको मृत्यु
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपाली युवकको मृत्यु
इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने
दलाललाई ८५ लाख बुझाएर मेक्सिको हुँदै अमेरिका पुगेका थिए सुवास
लुकिछिपी अमेरिका पुगेर दुई महिनादेखि हिरासतमा रहेका सुवासको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका