गण्डकी प्रदेशसभाः सत्तापक्षबाट सदन अवरुद्ध ! (भिडियोसहित)

गण्डकी प्रदेशसभाः सत्तापक्षबाट सदन अवरुद्ध ! (भिडियोसहित)

pradessava

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्तारुढ दल नेकपा एमालेले अवरुद्ध गरेको छ ।

एमालेका तर्फबाट प्रदेशसभा सदस्य राजिव पहारीले प्रदेश राजधानी रहेको जिल्ला कास्कीमा प्रशासनले भेला, बैठक, समारोह नगर्न भनिसकेको अवस्थामा दुई सय बढी जम्मा भएर संसद चलाउन नहुने तर्क गरे ।

साथै, उनले कतिपय सदस्यहरुमा दीर्घ रोग भएको, आधा बढीले डबल डोज खोप नलगाइसकेको भन्दै पीसीआर टेस्ट नगरी संसद चलाउन नहुने बताए । त्यसपछि एमालेका सबै सांसदहरु उठेर बिरोध जनाइरहे ।

आइतबार नै विशेष अधिवेशनको पहिलो बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए । तर, प्रदेश प्रमुखको आह्वानमा विशेष अधिवेशनको पहिलो बैठक बसेकाले अवरुद्ध नगर्न सभामुखले रुलिङ गरेका थिए । त्यसपछि बैठक चालू भएको थियो र सत्तापक्ष र विपक्षी सदस्यहरुले बोलेका थिए ।

आज पनि गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सर्वदलीय निर्णयको आधारमा सोहि कार्यसूची अनुसार बैठक बोलाइएको स्मरण गराए । अहिले २० मिनेटको लागि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ